२२ मंसिर २०७९, बिहीबार

बाँकेमा बुधवार ११ जना मात्र डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा बुधवार ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ४ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ४ हजार १० पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ४९ जना रहेका छन् ।

हालसम्म बाँकेमा ४ हजार २ सय जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

  • १ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech