१३ बैशाख २०८१, बिहीबार

(सामी ) परियोजनाको कोहलपुरमा अन्तरक्रिया सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  २१औं  अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस  २०२० को सन्दर्भमा आयोजित वैदेशिक रोजगारी अवसर र चुनौति विषक
अन्तरक्रिया कार्यक्रम कोहलपुर सम्पन्न गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्वारा बाँकेको नेपालगन्ज उप—महानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा  सामी परियोजना सञ्चालित छ ।

अन्तरक्रियामा प्रमुख अथिती कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक नारायणी वलीले वैदेशिक रोजगारीलाई अवसरका रुपमा प्रयोग हुने खालका कार्यक्रमहरु नगरपालिकाले निमार्ण र त्यसको कार्यान्वय  गरिरहेका जानकारी गराईन् ।” वलीले थप स्वरोजगार हुने खालका कार्यक्रमहरु आगामी वर्षहरुमा संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरिन् ‘।

कोहलपुर नगरपालिकाका विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य भिम नेपालीले बैदेशिक रोजगारीलाई सुरक्षित र सिप मूलक  बैदेशीक रोजगारी  बनाउन स्थानीय सरकारले विशेष कार्यक्रमहरु संचालन गर्ने बताए ।

नेपालीले   ‘अबको युग सिप मा केन्द्रित हुन आवश्यक छ त्यस अनुरुप  गाउँ बस्तिहरुमा  उचित  प्रचार प्रसार गर्न आवश्यक हुन्छ ‘र त्यो कार्य सामी प्ररियोजना बाट हुने आफुले विश्वास लिएको बताए ।

कार्यक्रममा तावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) का अध्यक्ष धर्मलाल रोकायाले स्वागत मतव्यमा बैदेशिक रोजगारीलमाई प्रभावकारी बनजाउँन  सिपमूलक कार्यक्रम नगरपालिकाले संचालन गर्न आवश्यक रहेको बताएका थिए ।

अन्तरक्रियामा नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्था र विश्वमा श्रमिकहरुको अवस्थाका बारेमा सामी परियोजना संयोजक मिना चौधरीले आफ्नो प्रस्तुतीमा  जानकारी गराएकी थिईन् ।   अन्तरक्रियामा कोहलपुर नगरपालिका कार्यपालिका सदस्य पत्रकार ,समाजसेवी लगाएतको सहभागिता थियो ।

 

 

  • ३ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech