८ बैशाख २०८१, शनिबार

लागुऔषधसहित बाँकेमा एक पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पौष १ गते साँझ पाँच बजेको बाँकेको कोहलपुरबाट ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ मा लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला तथा लागुऔषध नियन्त्रण व्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले शंकास्पद रहेका वडा नं. १२ वस्ने वर्ष ४५ का ईन्द्रमणी गौतमलाई पक्राउ गरिएको बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।

तलासी लिने क्रममा गौतमले लगाएको पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगरको धुलो १ पुडिया, सोही खल्तीमा रहेको तौल गर्ने डिजिटल मेशिन थान १ फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्ति जाजरकोटमा लागुऔषध चरेश मुद्दामा समेत पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका छन् ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech