१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सहकारी महासंघको टोलि बैजनाथमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय सहकारी महासंघका टोलले बाँकेको बैजनाथ गाउँपालिकामा भेटघाट शुरु गरेका छन् ।

महासंघका बरिस्ठ उपाध्यक्ष ओमदेबि मल्ल महाप्रबन्धक चित्रा सुब्बाले भेटघाट गरेका हुन् ।

तत्कालिन मध्य तथा सुदुरपश्चिमको केन्द्र बाँकेमा राष्ट्रिय सहकारी महासंघका टोलिले भेटघाट लाई बढाउनु अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैजनामा क्रियाशिल एभरेष्ट कृषि सहकारी संस्थाले पछिल्लो समयमा राइस मिल तथा उत्पादनमा केन्द्रित कार्ययोजना कार्यान्वयमा ल्याएको छ । भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश का अध्यक्ष प्रेम सुबेदी लगाएतको टोलि रहेको थियो ।

एभरेष्ट सहकारीका अध्यक्ष देव बहादुर के .सी सहकारीका सचिव  माधव रिजाल लगाएतको टोलि संग राष्ट्रिय सहकारी महासंघका पदाधिकारीले भेटघाट गरेका हुन् ।
राष्ट्रिय सहकारी महासंघका पदाधिकारी भेटघाट बारे एभरेष्ट सहकारीका सचिव  माधव रिजालले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech