७ बैशाख २०८१, शुक्रबार

निजामती कर्मचारी संगठनको सदस्यता वितरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल निजामती कर्मचारी संगठन बाँकेले सदस्यता वितरण जारी राखेको छ ।

संगठनका पुर्व केन्द्रीय अध्यक्ष मोहन घिमिरेको प्रमुख आतिथ्यतामा शनिवार नेपालगञ्जमा कार्यक्रम गरी नयाँ सदस्यता वितरण गरिएको छ । सो अवसरमा पुर्ब केन्द्रीय अध्यक्ष घिमिरेले नयाँ सदस्यता प्राप्त गर्ने निजामती कर्मचारीहरुलाई सुखदुःखमा संगठनले साथ दिने भन्दै दत्तचित्त भएर राष्ट्रसेवामा लाग्न आग्रह गरे ।

संगठनमा लामो समयसम्म योगदान दिई हालै निजामती सेवाबाट अवकाश प्राप्त गरेका कर्मचारीहरुलाई सम्मान गरिएको संगठनका अध्यक्ष अग्नीप्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष याम खत्री, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष कृष्ण थापालगायतले सदस्यता वितरण र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech