१२ बैशाख २०८१, बुधबार

‘मेरो जिवन बचाई दिनुहोस’

सिमाको चित्कार

  • न्युज मानसराेवर

कोहलपुर (बाँके) /लामो समयदेखि क्यान्सरबाट पिडित सिमा श्रीस मगरले सहयोगको याचना गरेकि छन् । कोहलपुर नगरपालिका वडा नं १ कौशिलानगरकि ३९ वर्षकी क्यान्सर पिडित सिमाले आफ्नो जिवन रक्षाकालागि सवैसँग सहयोगको याचना गरेकि हुन ।

आर्थिक अवस्था कमजोर भएकि सिमा लामो समयदेखि पाठेघरको क्यान्सरका कारण जिवन मरनको दोसाधमा जिवन रक्षाकोलागि चित्कार गरिरहेकी छन । उपचारका क्रममा घर जग्गा बिक्रि गरेका सिमाका परिवारले उपचारमा थप रकम जुटाउन नसक्दा क्यान्सर पिडित सिमाको जिवन रक्षागर्न सवैलाई अपिल गरिरहेको उनका श्रीमान प्रकाश श्रीस मगरले बताए ।

क्यान्सर पिडित सिमाका श्रीमान प्रकाशले दुखेको पोख्दै भने ‘भएको सम्पति पनि बेचियो,आर्थिक पनि छैन् । पैसाकै अभावमा उनको ज्यान जोगाउँन मुस्किल छ । मानविय हिसावले श्रीमतिको जिवन रक्षाकालागि आर्थिक सहयोग गरिदिन सवैलाई अपिल गर्दछु’ । सहयोग गर्न चाहानेहरुले मुक्तिनाथ विकास बैंक, कोहलपुर शाखामा रहेको खाता नं १२०२१६००५५८६३१०००००१ मा सहयोग गर्न सक्ने उनले बताए । सिमाको जिवन रक्षाकालागि उपचारमा सहयोग गर्न इच्छुकहरुले मोवाई नं ९८२२४०७८९४९ (छोरा प्रेम श्रीस मगर),र ९८१४१३८३११९ (श्रीमान प्रकाश श्रीस मगर) सम्पर्क गर्न सक्ने नयाँ कोर्सलाई बताए । सिमाको जिवन रक्षा र थप उपचारकालागि आर्थिक सहयोग गर्न कोहलपुर नगरपालिका वडा नं १ कार्यालयले पनि सबैमा अनुरोध गरेको छ ।
उपचारका क्रममा भएको सम्पति र पैसा सकिएपछि थप उपचारकालागि आर्थिक संकलन गर्ने अभियान सञ्चालन गर्ने तयारी उनका आफ्न्त र छिमेकिले गरिरहेका छन् ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech