४ जेष्ठ २०७९, बुधबार

बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

असोज ६ गते कोरोना पुष्टि भएको थियो ।

  • रासस

बाँकेमा होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटकी कोरोना सक्रमितको मृत्यु भएको छ । नेपालगंन्ज मेडिकल कलेज कोहलपुरमा जाजरकोट जुनीचदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनी जाजरकोटमा बिरामी भएपछि नेपालगंन्ज आएकी थिइन् । कोहलपुरमा उनका छोरा बस्दै आएका छन् । उनको असोज ६ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसन बसेकै बेला स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैँजादै गर्दा उनको मृत्यु भएको थियो । ६० वर्ष माथिकालाई होम आइसोलेसनमा राख्न पाउने प्रावधान भएपनि कसैसँग समन्वय नगरेर ती महिलालाई होम आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले बताए । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech