१३ बैशाख २०८१, बिहीबार

सशस्त्रद्वारा लाखौंको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद गरेको छ । बिओपी कालाबञ्जारबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायत नेतृत्वको टोलीले आज बिहान ५ बजे नेपालगञ्ज १५ पिप्रहवाबाट हार्डवेयरका सामग्री बरामद गरेको हो ।

भारतबाट ल्याउदै गरिएको अवैध हार्डवेयरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । बरामद गरिएका १ लाख ८४ हजार रुपैयाँको अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि आजै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले बताएको छ ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech