१३ बैशाख २०८१, बिहीबार

बैजनाथले शुरु गर्यो जेष्ठ नागरिक सम्मान कार्यक्रम

बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्म ८० वर्ष समुहका कूल ३ सय ९३ जेष्ठ नागरिक छन् ।

  • चादनी थापा

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले जेष्ठ नागरिकका लागि सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
गाउँपालिकाले ८० वर्ष उमेर समुहका आफ्ना नागरिकलाई ब्याकेट उपहार दिएर सम्मान  कार्यक्रमको शुरुवात गरेको हो ।

गाउँपालिकाले वडा न १ देखी वडा न ४ का जेष्ठ नागरिकलाई सम्मान गरेको छ  यो अन्य वडाहरुमा पनि गरिने छ ‘ बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी  दिए ।

कार्यक्रमको प्रमुख अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले जेष्ठ नागरिक गाउँपालिकाका स्थानीय सरकारका अभिभाव रहेको बताउदै आउदा दिनहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तर संचालन गरिने  बताईन् ।

गाउँपालिकाले प्रत्येक वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

चिसो मौसममा केही उपहार दिनु पर्छ त्यो पनि उहाहरुलाई न्यानु होस् भन्ने उदेश्यले कम्बल (ब्याकेट) उपहार दिएका छौँ सामाजिक विकास समति संयोजक गुमान बहादुर दमाईले  जानकारी गराए ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्बन्धित वडा अध्यक्ष , वडा सदस्य लगाएतको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्म ८० वर्ष समुहका कूल ३ सय ९३ जेष्ठ नागरिक रहेका सचिव धन बहादुर नेपालीले जानकारी
गराए ।

 

 

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech