७ बैशाख २०८१, शुक्रबार

बैतडीमा जीप दुर्घटना हुँदा एकको ज्यान गयो
  • न्युज मानसराेवर

धनगढी । धनगढीबाट बझाङका लागि छुटेको जीप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीवार बिहान करिव ५ बजे से १ ज ८४३ नम्बरको बलेरो जीप जिल्लाको सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले दुर्घटनामा चालक बझाङको बुङ्गल नगरपालिका ११ बस्ने २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको बताएको छ ।

दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा रहेका छन् । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech