२६ बैशाख २०८१, बुधबार

आपतकालीन कार्य सञ्चालन केन्द्र नरैनापुरमा सञ्चालन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नरैनापुरमा  गाउँपालिकामा  स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएकाे   छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आपतकालीन कार्य सञ्चालन केन्दको  विहबार उद्घघाटन गरे ।

उदघाटन गर्दै  प्रमुख अतिथी  बाँकेका का   प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले  स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क  समन्वय सिधै जिल्ला, प्रदेश र केन्द्रसँग हुने  छ ‘अब  बिपद प्रतिकार्यको सामना गर्न, पुर्व तयारी तथा सुचना सम्प्रेषण, दस्ताबेज र अभिलेखीकरणमा समेत सजिलो हुने   उनले  भने ‘।

उदघाटनमा गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहको अध्यक्षतामा  गरिएकाे थियाे ।  नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति, कोषध्यक्ष, महामन्त्री तथा जिल्ला बन कार्यालय बाँकेका प्रतिनिधि लगायतको सहभागिता मा स्थानिय आपतकालीन कार्य सञ्चालन केन्द्र काे उदघाटन गरिएकाे थियाे ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech