८ बैशाख २०८१, शनिबार

भेरीमा ९० शैयाको कोरोना विशेष वार्डको उद्घाटन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको भेरी अस्पतालमा ९० शैयाको कोरोना विशेष वार्ड सञ्चालनमा आएको छ । कोरोना भाइरसका बिरामीहरुको उपचारकालागि अस्पतालमा थप ९० शैयाको वार्ड सञ्चालनम आएको हो ।

यसअघि अस्पतालमा ७२ शैयाको कोरोना वार्ड सञ्चालनमा रहेको थियो । ९० शैया थपिएसँगै भेरीको कोरोना वार्डमा वेड संख्या १ सय ६२ पुगेको छ ।

शुक्रवार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले एक कार्यक्रमका बीच कोरोना वार्डको उद्घाटन गरेका छन । जिल्ला समन्वय समिति र जिल्लाका ८ वटै स्थानीय पालिकाहरुको एक करोडको लगानीमा कोरोना वार्ड सञ्चालनमा आएको कोभिड विशेष अस्पतालका संयोजक डा श्याम सुन्दर यादवले जानकारी दिए ।

कोरोना वार्ड संचालनकालागि जिल्ला समन्वय समितिले ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाले ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाले ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाले २ लाख ७५ हजार तथा डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले समान ५ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

शुक्रवारदेखि सञ्चालनमा आएको उक्त वार्डका सबै शैयामा अक्सिजनको सुविधा उपलब्ध भएको बताईएको छ । पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहेको भेरीमा अहिले ७ वडा कोभिड आइसियु बेड सञ्चालनमा छन् ।

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech