८ बैशाख २०८१, शनिबार

ब्यावसायिक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पारिँदै
  • न्युज मानसराेवर

बर्दिया । माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई ब्यावसायिक यौन शोषणबिरुद्ध सचेत पारेको छ । विद्यालय स्तरमा अध्यनरत विद्यार्थीहरु विभिन्न शोषण बारे अति सचेत हुनुपर्ने र ब्यबसायीक यौन शोषणमा परि भविष्यमा आउन सक्ने समास्या प्रति आफु र समाज सजक हुन अवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई सचेत पारिएको हो ।

माइती नेपाल बर्दियाको आयोजनामा जिल्लाका ५ वटा सामुदाकिय विद्यालयहरुमा पुगी ब्यबसायिक यौन शोषण बिरुद्ध सचेतना फैलाइएको कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिइन् । पाँच वटै विद्यालयका कक्षा ८, ९, १०, ११ र १२ मा अध्ययनरत छात्राहरुलाई बालबालिका माथी हुने ब्यबसायिक यौन शोषण बिरुद्ध अभिमुखीकरण गरिएको रिमालले बताइन् ।

ब्यवसायिक यौन शोषण बिरुद्ध प्राप्त जानकारी थप सचेत बनाएको भन्दै विद्यार्थीहरुले उक्त सचेतनाबारे आफना साथीहरु, घर परिवार लगायत समाजमा समेत यसबारे सचेतना फैलाउने बिधार्थीहरुले प्रतिबद्धता जनाएका छन । ५ वटै विद्यालयमा छुट्टाछुट्टै गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई ब्यवसाकि यौन शोषणबिरुद्ध भिडियो देखाई थप प्रष्ट पारिएको थियो ।

पछिल्लो समयमा बालबालिकाहरु माथी ब्यबसायिक यौन शोषणको घट्नाहरु चुनौतीका रुपमा देखिएकाले पनि यस्ता कार्यक्रमको अवश्यकता रहेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् । कोराना भाइरसको जोखिमलाई मध्यनजर गर्दे उच्च स्वास्थ साबधानी अपनाई गरिएको कार्यक्रम मार्फत ५ विद्यालयका करिब १ सय जना विद्यार्थी लाभान्वित भएको माइती नेपाल बर्दियाले जनाएको छ ।

बर्दियाको गुलरिया नगरपालिकामा अवस्थित महाकबी देबकोटा मावि, बगलामुखी राधाकृष्ण थारु मावि, कोटही मावि रहेका छन् । त्यस्तै बर्दियाकै बढैयाताल गाँउपालिकामा अवस्थित सरस्वतीमा माबि, र शारदा मा.बि.मा ब्यवसायीक यौन शोषण बिरुद्ध अभिमुखीकरण गराइएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बताइन् ।

विद्यार्थीहरुलाई ज्ञान सम्बन्धी प्रश्नावली सोधी उत्कृष्ट, प्रथम, द्धितिय, तृतीय र सानत्वना हुने छात्राहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । ब्यवसायिक यौन शोषणबिरुद्ध सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गरेकी थिइन् ।

  • ११ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech