६ चैत्र २०८०, मंगलवार

पुष २० देखी कोहलपुरमा क्रिकेट प्रतियोगिता
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोनाका कारण सुस्ताएको क्रिकेट गतिविधिले बाँकेमा पुन: निरन्तरता पाउने भएको छ । लामो समयको अन्तरालपछि बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानिय युवाहरुको नेतृत्वमा यहि पौष २० गतेदेखी कोहलपुरमा ‘केसिए कोहलपुर क्रिकेट प्रतियोगिता २०७७’ आयोजना हुन लागेको हो । सारदा एजुकेशन पार्कसँगको सहकार्यमा केसिए कोहलपुर क्रिकेट एकेडेमीले खुल्ला किकेट प्रतियोगिता संचालन गर्न लागेको प्रतियोगिता ब्यवस्थापन टिमका सदस्य बिनायक गिरीले जानकारी दिए ।

सोमबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गिरीले प्रतियोगिताको बारेमा जानकारी गराएका हुन । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छ भने प्रतियोगिताको बिजेता टिमले ५० हजार नगद पुरस्कार राशि पाउने छ । त्यसैगरी उपविजेताले २१ हजार, उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान तथा बलरले समान १५ हजार तथा प्रत्येक खेलको उत्कृष्ठ खेलाडीले १ हजार नगद पुरस्कार पाउने बताईएको छ ।

स्थानिय स्तरमा छरिएर रहेका युवा खेलाडीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगिताले बाँके, बर्दियाका साथै लुम्बिनी प्रदेशभरका खेलाडीहरुलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्धत पुर्याउने गिरीले दावी गरे ।

कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा १ हप्तासम्म संचालन हुने प्रतियोगिताका लागि ४ लाख ५० हजार खर्च हुने अनुमान गरीएको बताउँदै आयोजकले प्रतियोगिता संचालनकालागि आवश्यक सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech