१५ चैत्र २०८०, बिहीबार

नेपालगञ्ज २ को भवनको शिलान्यास
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, वडाध्यक्ष सुनिलसिंह हमाललगायतले बुधवार भूमिपुजनसहित शिलान्यास गरे ।

सो अवसरमा मेयर राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । उनले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताए । वडाध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो ।

वडा कार्यालयसँगै बर्थिङ सेन्टरसहितको स्वास्थ्य भवन निर्माणको अन्तिम चरणमा रहेको छ । भवनका लागि संघीय सरकारलगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech