७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा भूमि समस्या समाधान गरिँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भूमि सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमिहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर थापा मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमि सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिइन् ।

नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् ।नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ ।

आयोगसँग सम्झौता भएपछि भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech