१२ श्रावण २०८१, शनिबार

गण्डकी प्रदेश ७ रनमा अलआउट, ९ खेलाडी शून्यमा आउट
  • न्युज मानसराेवर

दाङ / दाङ  लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले हराएको छ।

प्रदेश नम्बर १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन बनाउँदा नै अलआउट भएको हो। जसमा गण्डकीका ९ खेलाडी शून्यमै आउट भए। कुशुम गोदारले ८ बलमा २ रन, सोनिया थापाले ८ बलमा २ रन नै बनाए। ३ रन अतिरिक्त आएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर १ का लागि काजल श्रेष्ठले ५७ बलमा ५२ रन, रुबिना क्षेत्रीले १७ बलमा १५ रन साथै रोमा थापाले ४९ बलमा ५१ रन बनाएका थिए।

योसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमसँग र समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशले समूह ‘बी’ को विजेता प्रदेश नम्बर १ सँग शनिबार खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।

प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए। बाहिरिएका प्रदेश नम्बर २ र वागमती प्रदेशले भने एक–एक खेल जिते।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech