१४ बैशाख २०८१, शुक्रबार

साईकिलिङ्ग क्लब कोहलपुरमा गठन

साइक्लिङ क्लबको तदर्थ समितिको संयोजकमा जनक केसीलाई चयन

  • न्युज मानसराेवर

कोहलपुर (बाँके)/ कोहलपुर साईकिलिङ्ग क्लबको गठन गरिएको छ ।  मुटु दिवसको अवसर पारेर साईकिलिङ्ग गरौ मुटु स्वस्थ राखौ भन्ने मुल नाराका साथ जनक वलिको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको  कमल राज शर्माले जानकारी दिए ।

मंगलबार कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरुको भेलाले एक समिति बनाएर आगामी दिनमा संगठित भएर साइक्लिङको महत्व र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे सचेतना लगाएतका गतिविधीहरु सञ्चालन गर्ने उद्देश्य सहित अगाडी बढ्ने समितिले जनाएको छ ।
साइक्लिङ क्लबको तदर्थ समितिको संयोजकमा जनक केसीलाई चयन भएका छन् ।

७ सदस्यीय समितिको सह संयोजकमा कमल राज शर्मा, सचिवमा पारसमणी आचार्य, कोषाध्यक्षमा चुनु भण्डारी एवम् सदस्यहरुमा पदम आचार्य, गंगाराम भण्डारी र अमित पाठक चयन भएका छन् । साथै मंगलबारको भेलाबाट केशर बहादर आलेलाई संरक्षक एवम् नेत्र बहादुर थापा, चन्द्र बहादर आलेमगर, राम बहादुर वस्नेत, विष्णु किरण आचार्य र कमल पछाइलाई सल्लाहकार समितिमा चयन भएका छन् । भेलाले यथासिघ्र विधान मस्यौदा तयार पारेर क्लबलाई बेधानिक रुपमा पूर्णता दिने निर्णय समेत गरेको छ । जनक केसीको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा उप समितिको सदस्यहरुमा कमलराज शर्मा र पारसमणी आचार्य चयन गर्ने निर्णय समेत भएको क्लबका सह संयोजक कमलराज शर्माले जानकारी दिएका छन् । पछिल्लो समयमा मानव स्वास्थ्य सुविधाभोगी र विलाशी जीवनका कारण थुप्रै दिर्घरोगबाट पीडित भइरहेको अवस्थामा दैनिक साइक्लिङकोे माध्यमबाट थुप्रै दिर्घरोगबाट छुटकारा पाउन सकिने वैज्ञानिक तथ्यलाई आम जनमानसमा सचेतना फैलाउँदै बाँके जिल्ला र छिमेकी जिल्लाहरुका प्रमुख पर्यटकीय गन्तव्यहरुको पर्यापर्यटनमा प्रचार प्रसारका गतिविधीहरु साइक्लिङका माध्यमबाट सञ्चालन गर्ने उद्देश्यले कोहलपुरमा पहिलोपटक साइक्लिंगका पारखीहरु संगठित भएको बताइएको छ ।

  • १३ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech