१६ चैत्र २०८०, शुक्रबार

कांग्रेसको सुझाव-फोर्स मर्जर नगरौं, २ खर्ब बढीको पुनर्कर्जा कोष बनाऔं
  • न्युज मानसराेवर

नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले वित्तीय स्थायित्वका लागि विशेष ध्यान दिनुपर्ने बताएको छ ।

बिहीबार कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने बताए ।

डा. महतले बैंकहरुलाई प्रोत्साहन गरेर मर्ज गर्नुपर्ने बताए । उनले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति कन्ट्रोल, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पुर्याउनु खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बेंकलाई सुझाव दिए ।

पूर्व अर्थमन्त्री महतले उद्योगी-व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर २ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिए ।

अहिले २ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उनले यसलाई २ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताएका हुन् ।

उनले यस्तो कर्जा ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताए । उनले वाणिज्य बैंकहरुमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताए ।

उनले बैंकहरुको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताए । जथाभावी पुँजी बढाएर बैंकहरुलाई मर्जर गर्न नहुने उनले बताए ।

  • १ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech