नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित एक महिलाको बुधबार मृत्यु भएको छ ।
नेपालगन्ज(१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।
ती महिला स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन ।
असोज ३ गते उनलाई कोरोना पुष्टि भएको थियो । महिलाको फोक्समा निमोनिया समेत देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।श्रेष्ठका अनुसार मृतक महिला मधुमेह उच्च,रक्तचाप रोगबाट ग्रसित थिइन् ।
बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।