१५ चैत्र २०८०, बिहीबार

देशभर आज मौसम सामान्य बदली

देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ

  • न्युज मानसराेवर

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । यस्तै, सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech