१२ बैशाख २०८१, बुधबार

नेपालमा पहिलो कोरना संक्रमणका कारण डाक्टर मृत्यु

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा घर भएका डाक्टर सापकोटाको निधनले खजुरा मात्रै नभई सिङगगो बाँके शोकमा छ ।

  • न्युज मानसराेवर

बाँके  ।  बाँके लगायत आसपासको क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ । कोरोना सक्रमणका कारण कतिपयले ज्यान गुमाएका छन । कतिपय जोखिममा उपचार गरिरहेका छन् । केही आइसोलेसन र क्वारेन्टिनमा बसेका छन् । बिहीबार भेरी अस्पतालमा उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बरिष्ट डाक्टर हरि सापकोटाको निधन भएको छ ।

यसले चिकित्सकहरूमा पनि कोरोनाको जोखिम अत्याधिक भएको देखिएको छ । भेरी अस्पतालसँगै पश्चिमका तीनवटा प्रदेशमा रहेका अस्पतामा कार्यरत अधिकाशं चिकित्सक कोरोनाको संक्रमणमा रहेका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा घर भएका डाक्टर सापकोटाको निधनले खजुरा मात्रै नभई सिङगगो बाँके शोकमा छ । कर्णाली प्रदेशलाई शोक मात्रै परेको छै ऊत्त प्रदेशले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भोगेको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए।

दरबन्दी भेरी अस्पतालमा भएपनि लामो समयदेखि सुर्खेतमा कार्यरत डाक्टर सापकोटा अत्यन्तै मिलनसार, सुशिलस्वभावका व्यक्तिमात्र नभई सुर्खेती र आम कर्णालीबासीका माझ लोकप्रिय थिए । उनलाई सुर्खेतबासीले त स्थानीय व्यक्ति भन्दाबढी माया गर्ने गरेको डाक्टर सापकोटाका सारथी तथा देउती नर्सिङ होम सुर्खेतका निर्देशक खगेन्द्र थापा बताउँछन् ।

निर्देशक थाापका अनुसार डाक्टर सापकोटामा कहिल्यै पनि घमण्ड र अहमता देखिएन । विरामीको सेवामा चौविसै घण्टा खठने डाक्टर सापकोटा प्रदेश अस्पतालबाट बचेको समयमा देउतीमा पनि विरामीको सेवामा सक्रिय हुँदै आएका थिए । डाक्टर थापाको निधनको खबरले सुर्खेत र कर्णलीका आम नागरिक पीडामा छन । दुबै फोक्सोको निमोनिया र कडा कोभिड–१९ को संक्रमणका कारण वरिष्ठ कन्सन्लटेन्ट अर्थोपेडिक सर्जनको मृत्यु भएको भेरी अस्पतालका चिकित्सक बताउँछन् ।

५९ बर्षिय सर्जन डाक्टरसँगै अहिलेसम्म बाँकेमा १८ जनाको अन्य रोग सर्गैं कोरोनाबाट ज्यान गएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार कोरोना संक्रमित भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सकको मृत्यु भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै यसको पुष्टि गरेका थिए।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech