७ बैशाख २०८१, शुक्रबार

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस

  • न्युज मानसराेवर

१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस कोभिड -१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।ट्रम्पकी सल्लाहकार हिक्सलाई भने कोरोनाका केही लक्षण पनि देखिएको छ । ट्रम्पले हिक्सले कडा अनवरतरुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech