८ बैशाख २०८१, शनिबार

आईपीएल स् दिल्लीको शक्ति

राबाडाको १८औं ओभरमा २३ रन जोडेपछि २ सय २९ रनको लक्ष्य पाएको कोलकातालाई अन्तिम दुई ओभरमा ३१ रन चाहिन्थ्यो ।

  • न्युज मानसराेवर

शारजहाँ — दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ९आईपीएल० मा शनिबार कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरी शीर्षस्थानमा उक्लेको छ । दिल्लीले ४ मध्ये तीन खेल जितिसकेको छ ।अन्तिम दुई ओभरमा सम्हालिएको बलिङ प्रदर्शन गर्दै दिल्लीले शारजहाँ क्रिकेट मैदानमा जित निकालेको हो । मार्कुस स्टोइनिसले फालेको १७औं ओभरमा २४ र कागिसो राबाडाको १८औं ओभरमा २३ रन जोडेपछि २ सय २९ रनको लक्ष्य पाएको कोलकातालाई अन्तिम दुई ओभरमा ३१ रन चाहिन्थ्यो ।तर एनरिच नोर्टजेले १९औं ओभरमा ५ रनमात्र दिएर इयोन मोर्गन र अन्तिम ओभरमा स्टोइनिसले ७ रन दिएर राहुल त्रिपाठीको विकेट लिएपछि कोलकाताले ८ विकेट गुमाई २ सय १० रनमात्र बनाउन सक्यो । राबाडालाई लगातार तीन छक्का प्रहार गरेका मोर्गनले १८ बलमा १ चौका र कुल ५ छक्कासहित ४४ तथा त्रिपाठीले १६ बलमा ३ चौका र ३ छक्कासहित ३६ रन बनाए ।

शुभमन गिलले २८, नितिश रानाले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५८ तथा एन्ड्रयु रसेलले १३ रन बनाए । नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर ३, हर्शेल पटेलले ४ ओभरमा ३४ रन खर्चेर २ तथा स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए ।

यसअघि कप्तान श्रेयस ऐरको अविजित ८८ रनमा दिल्लीले ४ विकेट गुमाई २ सय २८ रनको विशाल स्कोर बनाएको थियो । अन्तिम ओभरमा स्ट्राइक नपाएका म्यान अफ द म्याच ऐरले ३८ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । रसेलले फालेको अन्तिम ओभरको पहिलो बलमा स्टोइनिस १ रनमा आउट भए । उनले लेगसाइडमा गएको वाइड बल हान्दा क्याच दिन पुगे ।

त्यसपछि ५ बल खेलेका सिमरोन हेटमायरले एक छक्कासहित ७ रनमात्र बनाउन सके । ऐरले ४ खेलमा १ सय ७० रन बनाइसकेका छन् । जारी आईपीएलमा उनी सर्वाधिक रन बनाउने खेलाडीमा छैटौं स्थानमा छन् । किंग्स इलेभन पन्जाबका ओपनर जोडीद्वय मायंक अग्रवाल २ सय ४६ र केएल राहुल २ सय ३९ रनसाथ पहिलो दुई स्थानमा छन् ।

शिखर धवन र पृथ्वी शले ६ ओभरभित्र ५६ रन जोडी दिल्लीलाई राम्रो सुरुआत दिलाएका थिए । वरुण चक्रवर्तीको बलमा आउट हुनुपूर्व धवनले १६ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे । शले ४१ बल खेली ४ चौका र ४ छक्कासहित ६६ रन बनाए । ऋषभ पन्तले १७ बलमा ५ चौका र १ छक्कासहित ३८ रन बनाए । कोलकाताबाट रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

आइतबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद तथा पन्जाब र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

अबुधाबी– खराब प्रदर्शनका कारण आलोचनाको सिकार भइरहेका विराट कोहलीले लयमा फर्कदै अविजित ७२ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंग्लोरले शनिबार पहिलो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

सुरुआती तीन इनिङ्समा खराब खेलेका कोहलीले ५३ बल खेल्दै सात चौका र दुई छक्का प्रहार गरे । त्यस प्रदर्शन मदतमा बेंग्लोरले १९।१ ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनायो । यो बेंग्लोरको तेस्रो जित हो । यसमा प्रारम्भिक ब्याट्सम्यान देवदत्त पाडिक्कलको पनि महत्त्वपूर्ण योगदान रह्यो । उनले ४५ बलमा ६३ रन बनाएर जितको आधार खडा गरे । पाडिक्कल र कोहलीले दोस्रो विकेटमा ९९ रनको निर्णायक साझेदारी गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने राजस्थानको त्यसलाई सही साबित गर्न सकेन र नियमित अन्तरमा विकेट गुमाएको थियो । राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो ।

राजस्थानले बलियो सुरुआत लिन सकेन । टोलीले ७० रन बनाउँदा ४ विकेट गुमाएको थियो । त्यसपछि महिपाल लोमरोरले टिम सम्हाल्ने प्रयास गर्दै ३९ बलमा ४७ रन बनाए । यो नै टिमका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

राजस्थानका राहुल टेवाटियाले २४ रन बनाएर अविजित रहे । राजस्थानलाई खुलेर रन नदिन युजभेन्द्र चाहलले घातक बलिङ गरे । उनले २४ रन खर्चेर ३ विकेट लिए ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech