११ बैशाख २०८१, मंगलवार

दशैँको टीकाको साइत बिहान १०ः१९ बजे हुने

साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

  • न्युज मानसराेवर

नेपाल पन्चाङग निर्णायक समितिले वि सं २०७७ को विजयादशमी लगायत दशैका विभिन्न साइत सार्वजनिक गरेको छ । वि .सं २०७७ कात्तिक १ गते शनिबारदेखी नेपालीको महान चाड वडा दशै शुरु हुदैछ ।

दुर्गा पक्ष समेत भनिने दशै पहिलो दिन घटस्थापना को साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागी लग्न र बेला पनी उपयुक्त दिएको छ । देशभरका मठ मन्दिरमा घटस्थापनाकै दिन देखी भिड लाग्ने भएकाले कोरोनाको सन्त्रासमा भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

यसैगरी कार्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत पनि रहेको छ ।दशै को मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व रहेको छ । यस दिनमा टिका कै साइत खोजेर लगाउनेका लागी भने बिहान १०ः१९ बजेको समय उत्तम रहेको अध्यक्ष गौतमले बताए । चान्द्रमास अनुसार प्रत्येक बर्ष आश्विन शुक्ल प्रतिपदा देखी पुर्णिामा सम्म १५ दिन मनाइने वडा दशै पर्व यस वर्ष मलमास का कारण कार्तिक १ गतेदेखी शुरु हुदैछ ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech