१६ चैत्र २०८०, शुक्रबार

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ ।

  • न्युज मानसराेवर

१८ असोज, काठमाडौं । सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ ।

सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’
सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा ९एसआरएफ० का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् भने अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech