८ बैशाख २०८१, शनिबार

बैजनाथमा अतिरिक्त क्रियाकलापको पुरष्कार वितरण सम्पन्न

खत्रीले कोभिड १९का कारण विकास तथा विद्यालयहरुमा पठन पाठन लाई ठुलो क्षति गराएको भने

  • न्युज मानसराेवर

बैजनाथ गाउँपालिका सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप स्वरुप पुरस्कार वितरण गरिएको छ ।

प्लान नेपाल र स्याक नेपालको साझेदारीमा संचालन बाल विवाह रोगथाम परियोजनाले अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको छ ।

 

उक्त अतिरिक्त क्रियाकलापमा आधारभूत तहमा प्रथम सृष्टि बुढा नेरा मा वि नौलापुर दोस्रो संरचना वली नेरा मा वि वरिलालपुर तृतिय तिर्सना फोजामगर भइन् भने सान्तवना सोविना थारुले पुरष्कार हात पारिन् ।

यसै गरी मा वि तहमा रेखा खत्री इश्वरी मा वि एच गाउँ प्रथम दोस्रो पवित्रा खड्का नेरा मा वि वरिलालपुर तृतिय विनिसा पौडेल प्रभात मा वि जिगाउँ यसै गरी नेरा मा वि नौलापुरकी निलम सुवेदीले  सान्तवना पुरष्कार हात पारिन् ।

पुरष्कार वितरण कार्यक्रम बैजनाथ शिक्षा शाखाको संयोजनमा गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति बैजनाथ गाउँपालिका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले वालवालिकाको क्षमतालाई थप सशक्त बनाउन पर्ने धारणा राखे ।

खत्रीले कोभिड १९का कारण विकास तथा विद्यालयहरुमा पठन पाठन लाई ठुलो क्षति गराएको भने ‘खत्रीले यस खालका अतिरित् कार्यक्रमहरु विभिन्न समय अवधिहरुमा संचालन गर्न आवश्यक रहेको औल्याए ।

यसै गरी बैजनाथ शिक्षा शाखा प्रमुख विश्वराज ढकालले भेला भन्दा पनि कोरनाको डर हुने हुदाँ सामाजिक दुरी कायम हुने गरी सबै प्र.अ ज्यूहरुलाई आवश्यक सूचना प्रवाह गरेको र घरै बाट बालबालिकाहरुले लेखन प्रतिस्पधा मा सहभागि हुनु भएको जानकारी ढकालले गराए । ढकालले भावि दिनहरुमा यस्ता अतिरिक्त क्रियाकपालहरु बृह्त रुपमा संचालन हुने विश्वास व्यक्त गरे ।

यसै गरी समग्र सामुदायिक विद्यालयहरुको तर्फ बाट दुर्गा मा विका प्र.अ दिल बहादुर विकले यस्ता गतिविधि नियमित रुपमा संचालन गर्नु पर्ने धारण राखेका थिए । कार्यक्रमको संचालन स्याक नेपालकी वविता सिहले  गरेकी थिईन् ।  अतिरिक्त लेखनमा मावि तर्फ बाल विवाह रोगथाममा बालबालिकाको भूमिका विषय निवन्ध लेखन र आधारभूत तहमा कोभिड १९ को वेलामा हुने बाल विवाह रोगथामका लागि बालबालिकाले खेल्न सक्ने भूमिका विषय चिठी लेखन प्रतियोगिता भन्ने शिर्षक रहेको थियो ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech