११ बैशाख २०८१, मंगलवार

विद्युतका लागी आन्दोलन,

विद्युत प्राधिकरणले अड्किएको कामलाई अगाडी बढाउन खोज्दागौरी पार्वती उष्मा जे.भीका प्रमुख ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा मुद्धा दर्ता भएपछि स्थानीयहरु झनै आक्रोशित बनेका हुन ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  विद्युत विस्तारमा फेरी बाधा अड्चन गरेपछि राप्ती सोनारी र नरैनापुरका स्थानीय बासिन्दाहरु आन्दोलन उत्रिएका छन् । उनीहरुले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।

१ सय ५० बढिको संख्यामा आएका स्थानीय बासिन्दा तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले प्रजिअ समक्ष आक्रोस पोख्दै सरकारी कार्यालय घेराउ देखि राजमार्ग बन्द गर्ने सम्मका आन्दोलन गर्ने भनेका छन् ।
संविधान सभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिले मंगलबार प्रजिअ संगै क्षेत्रिय विद्युत प्राधिकरण, सबै राजनीतिक दलका कार्यालय तथा सम्वन्धीत सरोकारवाला निकायमा पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ रामबहादुर कुरुवाङले यस बिषयमा आफु निकै सकारात्मक रहेको र प्र.जि अ को हैसियतले सम्मानित अदालतलाई विद्युत विस्तारको पक्षमा जवाफ दिएको बताएका छन् । ज्ञापन पत्र बु्झाउन आएको टोलीलाई सान्त्वना दिदै संघर्षका कार्यक्रम नगर्ने गरि तपाईहरुको माग सम्वोधन हुने समेत प्रजिअ ले उल्लेख गरेका छन् ।

कोहलपुर बाट धामपुरको सब स्टेशन सम्म ३३ केभीको मुख्य लाइन गएपनि गाउँ गाउँमा वितरण भने हुन सकेको छैन । विद्युत प्राधिकरणले अड्किएको कामलाई अगाडी बढाउन खोज्दागौरी पार्वती उष्मा जे.भीका प्रमुख ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा मुद्धा दर्ता भएपछि स्थानीयहरु झनै आक्रोशित बनेका हुन । उनीहरुले यहि २२ गते दिउँसो १  बजेदेखि २ बजे सम्म पुुर्व पश्चिम राजमार्गको अगैयामा चक्काजाम गर्ने, २३ गते नेपालगन्जको सम्मानित उच्च अदालत बाहिर धर्ना दिने उल्लेख गरेका छन् । सुनुवाई नभएको खण्डमा पुर्वपश्चिम राजमार्गको अगैयामा अनिश्चिकालिन चक्काजाम गर्ने जनाएका छन् । अहिले पनि राप्ती सोनारी वडा न। ३, ४ वडाका गरि २३ गाउँ अझै पुर्ण रुपमा विद्युत पुगेको छैन ।

भने वडा नम्बर ५ का केहि गाउँ र नरैनापुर गाउँपालिकाको ५ वटा भन्दा बढि वडामा विद्युत विस्तार हुन सकेको छैन । २०६४ सालमा ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि टेण्डर भएको भएपनि कामको जिम्मा पाएको गौरी पार्वती उष्मा जे।भीले १४ बर्ष सम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको थिएन । नेपालगन्ज हुँदै फत्तेपुर सम्म विस्तार भएको लाईन जोडेर राप्ती सोनारीका वडा न। ५ का केहि गाउँमा भने विद्युत पुगेको छ । यस विषयमा संघिय सांसद महेश्वर गहतराज अथकले पनि सोमबार पत्रकार सम्मेलन गरेर तत्काल विद्युत विस्तारको काम हुनुपर्ने माग राखेका थिए ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech