१७ फाल्गुन २०८०, बिहीबार

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

औलभीरमा भे १ ज ९३५ नं।को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

  • न्युज मानसराेवर

जाजरकोट — जुनीचाँदे गाउँपालिका १, औलभीरमा भे १ ज ९३५ नं।को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा जुनीचाँदे वडा नं। ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए । दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् । बेपत्ताको सनाखत हुन सकेको छैन । जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार गरिरहेको र बेपत्ताको खोजी गरिरहेको उनले बताए ।कान्तिपुर

 

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech