१४ बैशाख २०८१, शुक्रबार

देशमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

  • न्युज मानसराेवर

बाँके ,बैजनाथ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । शुक्रवार देशभर १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

शुक्रवार संक्रमित हुनेहरूमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । शुक्रवार कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो ।

  • २३ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech