१३ बैशाख २०८१, बिहीबार

अवैध सामान बरामद

१ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • न्युज मानसराेवर

भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न सामग्री बरामद गरिएको छ । नेपालगञ्जस्थित जमुनाहमा रहेको विओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १६ जयसपुरस्थित दशगजा नजिकबाट विभिन्न सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अपैधरुपमा युपी ४० एम ४८६७ नम्वरको मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थसहित करीव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • Nabintech