१६ चैत्र २०८०, शुक्रबार

बाँके प्रहरीको ‘नागरिक सहायता कक्षको स्थापना

आइतबार मात्रै पत्रकार सम्मेलन मार्फत चाडपर्व बिशेष १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरेका थिए सोही योजना अन्तर्गत आज जमुनाह नाकामा ‘नागरिक सहायता कक्ष’को स्थापना गरिएको हो ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  बाँके प्रहरीले  नेपाल(भारत सिमाक्षेत्र जमुनाह नाकामा नजिकिंदै गरेका चाडवाडलाई मध्येनजर गर्दै सर्वसाधारणको सुरक्षा एवं सहजताकालागि  ‘नागरिक सहायता कक्ष’को स्थापना गरी संचालनमा ल्याएको छ ।

दशैं, तिहार, छठ तथा मोहम्मद डे जस्ता ठुला चाडवाडहरुलाई मध्येनजर गर्दै भारतबाट नेपाल भित्रीने नेपालीहरुको सुरक्षा एवं हुन सक्ने सम्भावित चोरी, लुटपाट, कुटपिट तथा दुर्घटना बाट जोगाउनका लागि सिमा नाकामा नागरिक सहायता कक्षको स्थापना गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

भारतबाट नेपाल आउने दाजुभाइ तथा दिदीबहिनीहरुलाई सिमाक्षेत्रमा कुनै अप्ठ्यारो महशुस हुन नदिन तथा चाडबाडको समयमा हुन सक्ने सम्भावित लुटपाट चोरी जस्ता अपराधिक क्रियाकलाप हुन नदिन आवश्यक सुरक्षा व्यवस्थाका साथ नागरिक सहायता कक्षको स्थापना गरी संचालनमा ल्याइएको प्रहरी उपरीक्षक रानाले स्पष्ट पारे ।

बाँकेको जमुनाह नाका हुँदै भारतबाट लुम्बिनी प्रदेश मात्र नभएर कर्णाली प्रदेश तथा सुदुरपस्चिम प्रदेशसमेतका हजारौं सर्वसाधारण नेपाल भित्रीने गर्दछन । चाडबाडका समयमा यसअघि सिमानाका आसपास क्षेत्र तथा नागरिक सवार गाडीभित्रै नशालु पदार्थ सेवन गराएर नेपालीहरुलाई लुटपाट तथा कुटपिटका घटनाहरु घट्ने गरेका थिए ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित यस्तै अपराधिक क्रियाकलापलाई निस्तेज पार्न तथा नेपालीहरुको जीउ ज्यानको सुरक्षाका लागि जमुनाह नाकामा सहायता कक्षको स्थापना गरिएको प्रहरीले बताएको छ ।

नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जमुनाह तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टसमेतको संयुक्त सहभागितामा उक्त सहायता कक्ष संचालनमा ल्याइएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले आइतबार मात्रै पत्रकार सम्मेलन मार्फत चाडपर्व बिशेष १४ बुँदे सुरक्षा योजना सार्वजनिक गरेका थिए सोही योजना अन्तर्गत आज जमुनाह नाकामा ‘नागरिक सहायता कक्ष’को स्थापना गरिएको हो ।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • Nabintech