२६ बैशाख २०८१, बुधबार

९ सय ३१ घरलाई खर र फुसमुक्त गरिने

नरैनापुर गाँउपालिकामा ३ सय ६६ घर कोहलपुर नगरपालिकामा २ सय २८,राप्ती सोनारी गाँउपालिकामा १ सय २१ र घरलाई खर र फुसमुक्त गरिने निर्णय गरेको हो

  • न्युज मानसराेवर

बैजनाथ बाँके  / बाँकेका तीनवटा स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत ९ सय ३१ घरलाई खर र फुसमुक्त गरिदै छ । बाँके निर्वाचन क्षेत्र नं १ कोनरैनापुर गाँउपालिका कोहलपुर नगरपालिका,राप्ती सोनारीमा गरिव र विपन्न परिवारका ९ सय ३१ घरको छानो खर र फुसमुक्त गरिने भएको हो ।

बाँके निर्वाचन क्षेत्र नं १ का संघीय साँसद महेश्वर गहतराज अथकको संयोजकत्वमा मंगलवार नेपालगञ्जमा बसेको सुरक्षित नागरिक आवास कार्यक्रमको बैठकले नरैनापुर गाँउपालिकामा ३ सय ६६ घर कोहलपुर नगरपालिकामा २ सय २८,राप्ती सोनारी गाँउपालिकामा १ सय २१ र घरलाई खर र फुसमुक्त गरिने निर्णय गरेको हो । बैठकले राप्ती सोनारीका २ सय १६ बाढिपीडितको घरपनि खर र फुस मुक्त गर्दे जस्तापाता वितरण गर्ने निर्णय गरेको छ ।

तीावटै स्थानीय तहका ९ सय ३१ गरिव तथा विपन्नहरुको घरको छाना खर र फुसमुक्त गरी जस्तापाता लगाउन सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत प्रती घर ५० हजार दिईने साँसद अथकले जानकारी गराए ।  कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजगं शाही कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत लगाएतको सहभागिता रहेको थियो ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech