६ बैशाख २०८१, बिहीबार

दुलहीको बुवा र २ भाई हत्कडीसहित विवाहमा आएपछि…

त्यही बेलामा अचानक फिल्मी तरिकाले दुलहीका बुवा हथकडीसंग आइपुगे ।

  • न्युज मानसराेवर

काठमाडौ । विवाहमा जब बेहुलीको बुवा र भाईहरु नै हथकडीमा देखिएपछि त्यो विवाह कस्तो भयो होला रु सुन्दै अचम्म लाग्ने घटना भारतको बंगलुरुमा भएको छ । अहिले पनि सो विवाहको चर्चा जारी छ । हुन त एक विवाहको चर्चा हुनु स्वभाविक हो तर यो विवाहको चर्चाको कारण भने फरक छ ।

छोरीको विवाहको काम भइरहेको थियो । त्यही बेलामा अचानक फिल्मी तरिकाले दुलहीका बुवा हथकडीसंग आइपुगे । उनलाई प्रहरीले घे रा लगाएको थियो । फिल्मको दृष्यमा देखिने जस्तो त्यहाँ प्रत्यक्ष दृष्य थियो । दुलहीका बुवा मात्र होइन उनका दुई भाई पनि त्यस्तै अवस्थामा आए । उनीहरुको हातमा पनि हतकडी थियो ।

एक युवतीको विवाहमा उनका पिता फिल्मी स्टाइलमा प्रवेश गरेपछि उपस्थित मानिसहरु झसंग भए । उनीहरु छोरीको विवाह समारोह नसकिदा सम्म सरिक भए । खासमा उनीहरु एउटा घटनाका कारण जे ल जिवन विताइरहेका थिए । एक जनाको ज्यान लिएको अभियोगमा उनीहरु जे लमा थिए ।

तर छोरीको विवाहमा सरिक हुने अनुमति दिएपछि उनी हत्कडी सहित विवाहमा पुगेका हुन् । दुलहीका पिता र भाइहरु नै यस्तो अवस्थामा विवाहमा प्रवेश गरेपछि केटा पक्षका जन्तीहरु पनि एकछिन हेरेको हेरै भए । विवाह समारोह भरी उनीहरु नै आकर्षणको केन्द्र बने ।

जे लमा रहेका उनीहरुलाई कर्नाटक उच्च अदालतले तीनै जनालाई विवाहमा सहभागी हुने अनुमति दिएका कारण उनीहरु त्यसरी सहभागी भएका थिए । अदालतले विवाहमा उपस्थित भएर साझ ६ बजेसम्म जे ल मा फर्कन आदेश दिएको थियो ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech