११ बैशाख २०८१, मंगलवार

माछा तस्करीमा सरकारी निकायको मिलेमतो

ईलाका प्रहरी कार्यालय कुसुमका प्रमुख लक्ष्मण डाँगीका अनुसार पक्राउ परेको माछा भारतबाट डाईमन्ड सप्लायर्सले आयात गरि गोरुसिंगेको सजन सप्लायर्सलाई बिक्रि गरेको कागज ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  अबैध रुपमा भैरहवा नाकाबाट नेपाल भित्रीएको भारतीय माछा निर्वाध रुपमा कैलाली पुगेको छ । उक्त माछा ईलाका प्रहरी कार्यालय कुसुमले पक्राउ गरी कारवाहीका लागि मत्स्य बिकास केन्द्र ढकेरी पठाएको थियो ।

पशु क्वोन्टाईन जमुनाहा पठाउनु पर्ने माछा नियोजीत रुपमा ढकेरीनै राखएको माछा उत्पादक किसानहरुको भनाई छ । ईलाका प्रहरी कार्यालय कुसुमले भारतबाट निर्यात गर्दा जारी गरिने कागजात नभएपछि पक्राउ गरि आवश्यक कार्यवाहीका लागी शम्सेरगंज प्रहरी मार्फत मत्स्य बिकास केन्द्र बुझाएको थियो । ईलाका प्रहरी कार्यालय कुसुमका प्रमुख लक्ष्मण डाँगीका अनुसार पक्राउ परेको माछा भारतबाट डाईमन्ड सप्लायर्सले आयात गरि गोरुसिंगेको सजन सप्लायर्सलाई बिक्रि गरेको कागज ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए ।

सजन सप्लायर्सले सो माछा कैलालीको स्वर्णिम सप्लायर्स लाई पठाउन लागेको उल्लेख थियो । ट्रकमा लोड गरिएको बाकसमा पंगास जातको माछा भएपनि बिल भरपाई भने रोहु जातको माछा भनेर बिल भरपाई गरिएको कुसुम प्रहरी प्रमुख डाँगीले बताए । उनले बिल भरपाई नमिलेको र भारतबाट आयात गर्दा भारत सरकारले जारी गर्ने कागजात समेत भए पछि आवस्यक कार्यवाहीका लागि पठाईएको थियो ।

तर, ईलका प्रहरी कार्यालय कुसुमबाट मत्स्य बिकास केन्द्र ढकेरी आई पुग्दा सो माछा भने नेपाली किसानले उत्पाद गरेको माछा बनाईएको छ । मत्स्य बिकास केन्द्र ढकेरीका प्रमुख श्रवण चौधरीले आफुहरुको काम माछा नियमन गर्ने निकाय नभएको भन्दै उम्कीए ।

उनले आफुहरुलाई माछाको पहिचान गर्न भनिएको र सोही अनुसार सो माछाको पंगास जातको भएको प्रमाणीत गरिदिएको जानकारी दिए । पाछा पालक किसानहरुका अनुसार कुसुम प्रहरीले पक्राउ गरिसकेपछि माछा सप्लायर्सहरुले आफु अनुकुल हुने गरि कागजात परिर्वतन गरेका छन । प्रहरीको केरकार पछि सो माछा नेपाली उत्पादन भनेर देखाईएको छ । तर, ईलाका प्रहरी कार्यालय कुसुममा बुझाएको कागजनमा रोहु जातका २ हजार केजी माछा भैरहवा भन्सार हुदै भित्राईएको उल्लेख छ ।

प्रहरी श्रोतका अनुसार उक्त माछा पक्राउ लगत्तै कुसुम प्रहरीले पशु क्वारेन्टाईन जमुनाहा पठाउने तयारी गरको थियो । पशु क्वारेन्टाईनका कार्यलय प्रमुख भक्त निउरे कार्यलयमा नरहेको र अन्य कर्मचरी समेत नरहेको भन्दै सो माछा मत्स्य बिकास केन्द्र ढकेरी पठाईएको थियो । अबैध माछा भैरहवा हुदै कैलाली पुगे पनि जिम्मेवार निकाय मने तै चुप मै चुप बसेर तस्करहरुलाई सघाउ पुर्याई रहेको माछा उत्पादक संघ बाँकेका अध्यक्ष झबिन्द्र बिसीले नयाँ कोर्स लाई बताए । माछा उत्पादक संघ लुम्बिनी प्रदेश सदस्य गणेश लम्सालले अबैध माछा आउदै गरेको जानकारी पछि आफुहरु दिन भर पशु क्वारेन्टाईन कार्यालय नेपालगंजमा बसेको भएपनि पछि राती कागजात मिलाएर माछा कैलाली पठाईएको भन्ने जानकारी पाएको बताए । उनले तस्कर र कर्मचारीको मिलेमतोमा अबैध भारतीय माछा दैनिक जसो नेपाल भित्रने गरेको बताइएको नयाँकार्स मा प्रकाशित गरिएको छ ।

  • २७ आश्विन २०७७, मंगलवार प्रकाशित

  • Nabintech