१६ चैत्र २०८०, शुक्रबार

२६ जना कोरोना मुक्त, निको हुनेको संख्या बाँकेमा १८ सय ९९

बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  बाँकेबाट थप २६ जना संक्रमित कोरोना मुक्त भइ बुधबार डिस्चार्ज हुँदैछन ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेका विभिन्न ठाउँका १४ महिला र १२ पुरुष गरी २६ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज १४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ८९९ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ६ सय २२ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५२६ रहेको छ भने २६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech