१२ बैशाख २०८१, बुधबार

जनता आवास कार्यक्रम : बाढीपीडित र बिपन्नकाे घर निर्माण गरिँदै

२०७१ सालमा गएको बाढीका कारण घरबारविहीन भएका नागरिकहरुलाई ८ सय ८० वटा घर निर्माण गरिएको हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनता आवास कार्यक्रम अन्तर्गत बाँकेमा विपन्न तथा गरिव नागरिकहरुलाई घर निर्माणलाई तीब्रता दिइएको छ ।

बाँके क्षेत्र नम्वर(२ का संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास निर्माण गरिएको हो ।२०७१ सालमा गएको बाढीका कारण घरबारविहीन भएका नागरिकहरुलाई ८ सय ८० वटा घर निर्माण गरिएको हो ।अति विपन्न तथा गरिव ७ सय ६३ वटा घर निर्माण गरिएको पूर्वमन्त्री राईले बताए ।

कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिकाको ६ ओटा वडामा ३ सय ९९ र बाढी प्रभावितहरुका लागि ८०२ ओटा र नेपालगंज उपमहानगरपालिकाको १ देखि २३ नम्वर वडामा ३ सय ६४ र बाढी प्रभावितका लागि ७८ ओटा आवास रहेको पूर्वमन्त्री राइले जानकारी गराए ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech