१५ चैत्र २०८०, बिहीबार

घर बनाई दिने भन्दै भएको घर भत्काउँदा चिडिमारको बिजोक

त फागुनमा भत्काईएको घरहरु हाल सम्म निर्माण सम्पन्न हुन सकेका छैनन ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके ।  कोहलपुर नगरपालिका वडा नं १४ र १५ मा लोप उन्मुख चिडिमार समुदायको घर सरकारले बनाईदिने भन्दै गत फागुन महिनामा खपडा र खरले छाएका घरहरु भत्काए । पक्की घर बनाउने भन्दै भत्काईएका घरहरु बर्षातको मौषम सकिदा समेत बन्न सकेनन् । उनिहरुले अघिल्लो बर्षको वर्षा खुला आकाश मुनि बिताए । आफ्नो हुँदा खादाको घर भत्काएर खुला आकासमा बर्षायाम गुजारेका उनिहरु यस बर्षको जाडो सिजन समेत खुला आकासमै बिताउनु पर्ने बाध्यतामा छन ।
गत फागुनमा भत्काईएको घरहरु हाल सम्म निर्माण सम्पन्न हुन सकेका छैनन । उक्त घरहरु गत आर्थिक बर्ष भित्रै सम्पन्न हुनु पर्ने भएपनि नेपाल सरकारको नितिगत कमजोरी र ढिला सुस्तीका कारण समयमै बन्न नसकेको मनीराम चिडीमारले बताए ।
कोहलपुरको १४ र १५ वडामा ३३ बिपन्न चिडीमार घरपरिवारको बसोबास रहेको छ ।  चिडिमार बस्तीमा गरिब तथा विपन्न वर्गका मानिसहरु रहेका छन् । सोही बस्तीमा एकिकृत नमूना बस्ती कार्यक्रम अन्तरगत संघिय सरकार र प्रदेश सरकारको पूरक अनुदानमा बजेट अन्तरगत उक्तघरहरु निर्माण हुने कार्यक्रम थियो । आर्थिक वर्ष २०७६÷०७७ को उक्त कार्यक्रम अहिले अषाढ मसान्तमा सक्नु पर्ने थियो ।

करिब ३ लाख पचास हजार रकम लागतमा एउटा घर निर्माण गर्नुपर्ने प्राविधिक इस्टिमेट अन्तरगत आफुहरुले गर्ने काम समयमै गरेको भएपनि सरकारी ढिला सुस्तिले आफुहरु हाल सम्म खुला आकासमा बस्न बाध्य भएको मनिरामले बताए । कोहलपुर नगरपालिका वडा नं १४ र १५ का चिडिमारहरुका लागि १५ वटा घर बनाउने योजना केन्द्र र प्रदेश सरकारबाट प¥यो । तर, अहिले चिडिमार बस्ति निर्माणमा ठेकेदारले लापरबाही र कंसल सामाग्री प्रयोग गरेको र समयमै सम्पन्न समेत नगरिएको मणिराम चिडिमारले बताए ।
नेपाल सरकारले जनता आवास कार्यक्रमकालागि घर धनीलाई नै चार किस्तामा पैसा बितरण गर्ने भनिए पनि अफुहरुले काम सम्पन्न गरे अनुसारको भुक्तानी नदिदा आफुहरु खुला आकास मुनि बस्नु परको उनिहरुको भनाई छ । खुला आकासमा बर्षायाम गुजार्दा बृद्धबृद्धा र केटाकेदीहरुलाई समस्या पैदा भएको मणि बताउँछन । कतिपय बिरामी समेत परे जसोतसो बर्षायाम गुजार्यो अव जाडो मौसम अघि छानो हाल्न पाए हुने थियो उनले गुनासो गरे ।
सहरी बिकास तथा भवन कार्यालय बाँकेले भने चिडीमारहरुले समयमा काम सम्पन्न गर्न नसक्दा यस्तो समस्या आएको बताएको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech