१६ चैत्र २०८०, शुक्रबार

थप ४४ जनामा कोरोना संक्रमण
  • न्युज मानसराेवर

बाँके बैजनाथ , भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेसहितका थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले बिहीवार दिउँसो  ३:५०  बजे जारी गरेको अद्यावधिक अनुसार बाँके तथा बर्दिया लगायतका जिल्लाका थप ४४ जनामा कोरोना संक्रमण
पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका २१५ स्वाबको नमुना मध्ये ४४ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

  • २९ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech