१४ बैशाख २०८१, शुक्रबार

आज ६ जना कोरना संक्रमित मुक्त भए भने ५ जना थपिए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा आज थप ५ जना संक्रमित फेला परेका छन। संक्रमण देखा परेका मध्य ३ पुरुष र २ महिला छन । यसै गरी आज ६ जना संक्रमित मुक्त भएका छन । मुक्त हुनेमा पुरुष २ र महिला ४ जना रहेको कोहलपुर नगरपालिका कोभिड फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन । अब कोहलपुर संक्रमित कूल ८५को संख्यामा छन । ८५ मध्य ४७ पुरुष र ३७ महिला छन । पछिल्लो समय कोहलपुरमा संक्रमित दर बढ्दै गएको छ भने संक्रमित निको हुनेको संख्या न्यून छ । कोहलपुर नगर स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्डको पालना गर्न आम नागरिकमा अपिल गरेको छ । भने पिसीआर परिक्षण बढाउनुका साथै संक्रमितहरुलाई मनोपरामर्श सेवा लाई निरन्तरता दिइरहेको खनालले भनेका छन। संक्रमित सबै होमआइसोलेसनमा छन।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech