१२ श्रावण २०८१, शनिबार

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडे
  • न्युज मानसराेवर

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन्। तालिबान लडाकुहरू राजधानी काबुल पसेपछि गानी देश छाडेर ताजकिस्तानतर्फ लागेको अलजजिराले जनाएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानले कब्जामा लिएपछि गानी राजीनामा दिनुपर्ने दबाबमा थिए। यसअघि गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएको थियो। तालिबान काबुल आइपुगेपछि आइतबार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिन्छ।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech