बैजनाथ\बाँकेमा मंगलवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०६ नमुना परिक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा २३, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ७ जना गरि थप ३६ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रले जनाएको छ । मंगलवार संक्रमण पुष्टि भएका मध्य बाँकेका ११ जना छन् ।
योसंगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय २२ पुगेको छ । यस्तै मंगलवार ७ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ८९ पुगेको छ ।