१२ श्रावण २०८१, शनिबार

सावधान! कोहलपुरमा एक सय १ (सेन्चुरी) संक्रमित संख्या नाग्यो

कोभिड १९ अस्थायी अस्पताल संचालनमा ल्याउने तयारी नगरपालिकाले गरेको छ' के.सी

  • न्युज मानसराेवर

कोहलपुर।सावधान!आज कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या एक सय १ (सेन्चुरी) नागेको छ । पछिल्लो समय नगरपालिकाले कोभिड १९को पिसीआर परिक्षण दर बढाएका संगै कोरना संक्रमित संख्यामा देखा परको हो । नागरिक सचेत हुन आवश्यक छ ‘कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र  के.सी ले भनेका छन ।

संक्रमित संख्या बढ्दै गरेको अवस्थामा कोभिड १९ अस्थायी अस्पताल संचालनमा ल्याउने तयारी नगरपालिकाले गरेको छ’ के.सी ले जानकारी गराएका छन। बढ्दै गरेको कोरना संक्रमण दर घटाउन कोहलपुरका सरोकारवाला निकाय विच छिटै अन्तर संवाद गरी पहल गर्न आवश्यक छ’ के.सीले भनेका छन।

आज भएको परिक्षमा २४ जना संक्रमित कोहलपुरमा थपिएका छन । थपिएका संक्रमित मध्य ११ पुरुष र १३ महिला छन।  यसै गरी आज १५ जना कोरना संक्रमित निको भएका छन। निको हुनेमा ७ पुरुष ८ महिला छन। गत आर्थिक वर्षको असार १० गते कोहलपुरमा संक्रमण दर बढेको हो ।

कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले भने अनुसार कोभिडको १९ को प्रतिरक्षा कोरनाको खोप लगाएका लाई समेत संक्रमण देखा परेको छ । तेस्रो लहर संक्रमणको सम्भावना बढी देखिएको छ ।’ तर यसको पुष्ठि गर्न ल्याब आफुरुसंग  नभएको खनालले भने ।

नगर स्वास्थ्य कार्यालयले बारम्बार स्वास्थ्य मापदण्ड पालनाका विषमा सार्वजनिक रुपमा अपिल गरेतापनि कोहलपुरमा स्वास्थ्य मापदण्ड लागु गरिएको छैन । संक्रमण दर बढ्नुको मुख्य कारण नागरिक सचेत भएर पनि स्वास्थ्य मापदण्ढ पालना नगर्नु हो खनालले भने ।

खुल्ला सिमा र नागरिकको लापरर्वाहीले थप संक्रमण दर बढ्ने देखिएको छ। जिल्लामा लक डाउनका जारी गरिए पनि सचेत नागरिकले समेत स्वास्थ्य मापदण्ड पालना गरेका छैइनन ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech