६ बैशाख २०८२, शनिबार

खजुराका जनप्रतिनिधिलाई हेफर आधारशिला तालिम
  • न्युज मानसराेवर

बाँके। बाँकेको खजुरा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशिलता परियोजनाका परियोजना अनुगमन तथा समन्वय समितिका पदाधिकारीलाई हेफर आधारशिला तालिम सञ्चालन गरिएको छ ।

कैलालीको चिसापानी कर्णालीमा हिजोदेखि शुरु भएको तालिम भोलि सकिने छ । खजुरा गाउँपालिका बाँके र हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा इनरुडेक बाँके कोहलपुरलो खजुरा गाउँपालिकामा कृषि तथा पशु उद्यमशिलता परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनालाई लक्षित वर्गमुखी बनाउन र अनुगमनलाई प्रभावकारी बनाउन समितिका पदाधिकारीलाई तीनदिने आधारशिला तालिम सञ्चालन गरिएको इनरुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी गराएका छन।

तालिममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया बि.क. वडाध्यक्ष अतिउल्ला खाँ लगायत परियोजना अनुगमन तथा समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech