२७ भाद्र २०८१, बिहीबार

माधव नेपाल नेतृत्वको पार्टीको मार्गदर्शक सिद्धान्त ‘जबज’ नहुने
  • न्युज मानसराेवर

काठमाडौं- माधवकुमार नेपालको नेतृत्वमा दर्ता भएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले जबज (जनताको बहुदलीय जनवाद) लाई आफ्नो सिद्धान्त नबनाउने भएको छ। उक्त पार्टीले आफ्नो छुट्टै सैद्धान्तिक मार्गदर्शन बनाउने तयारी गरेको छ।

नेकपा (एमाले)बाट अलग्गिएर छुट्टै दल दर्ता गरेको नेपालपक्षले एमालेले अँगाल्दै आएको जबजलाई आफ्नो सिद्धान्तमा नसमेट्ने भएको हो। एकीकृत समाजवादीका एक नेताले जबजको सट्टा जनताको समाजवादलाई आफ्नो सैद्धान्तिक मार्गदर्शन बनाएर जानेबारे छलफल चलिरहेको बताए।

‘अब जबज बोक्दैनौं। यो धेरै पुरानाो भइसक्यो। त्यसलाई परिस्कृत गरेर नयाँ पार्टीको विचार र दर्शन के हुने भन्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले  भने, ‘धेरै साथीहरुको सुझाव जबजलाई परिस्कृत गरेर जनताको समाजवादलाई अगाडि बढाउने भन्ने छ, तर निर्णय भइसकेको छैन।’

 

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech