१२ श्रावण २०८१, शनिबार

एमालेका सबै पदाधिकारीलाई जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिएको छ । पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’

मंगलवारको बैठकमा एकताको पक्षमा रहेका १० जना स्थायी कमिटी सदस्य समेत सहभागी थिए ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech