बाँके। पछिल्लो २४ घन्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २९० नमूना परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै थप ४४ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६१२ पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् ।