२७ भाद्र २०८१, बिहीबार

बाँकेमा एमालेको संगठन विस्तार जारी

धन बहादुर सुनारको अध्यक्षतामा ६९ सदस्य उपमहानगरपालिका स्तरीय राष्ट्रिय युवा संघ नेपालको कमिटि विस्तार।

  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले नेपालगञ्ज उप महानगरपालिका स्तरीय कमिटि गठन गरेको छ।

भेलाले धन बहादुर सुनारको अध्यक्षतामा ६९ सदस्य उप महानगरपालिका स्तरीय राष्ट्रिय युवा संघ नेपालको कमिटि विस्तार गरेको छ।

कमिटि विस्तारको भेलामा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले सम्पूर्ण युवा शत्ति संगठन निमार्ण भावि निर्वाचन केन्द्रित रहन आग्रह गरेका थिए । यसै गरी नेकपा एमालेका नेता देवराज भार, घननाथ खनाल ,रविन्द लम्साल ,सुनिता कार्की ,मोहित शाह, अकृम अन्सारी , खेमराज शर्माले आआफ्नो धारणा राखेका थिए ।पछिल्लो समय बाँके एमालेले जिल्लामा संगठन निमार्णमा व्यपकता दिइएको छ ।

कमिटि विस्तारको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला अध्यक्ष तिलक वीर सुनारले गरेका थिए ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech