१ श्रावण २०८२, बुधबार

बाँकेमा शनिवार १३ संक्रमित थपिए, १० डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा शनिवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा गरिएको १ सय १० नमुना परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बागेश्वरी ल्याबमा २६ जनाको नमुना परीक्षण गर्दा सबै नेगेटिभ आएको उनले बताए ।

यस्तै कोरोनामुक्त भएर शनिवार १० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ४० पुगेको छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech