१२ श्रावण २०८१, शनिबार

अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह
  • न्युज मानसराेवर

बाँके। केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।

अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

  • १३ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech